काठमाडौँ
एन आई सी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा सिन्धुपाल्चोकस्थित मेलम्ची भ्याली क्याम्पसमा मुद्रा बजार तथा पुँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही कार्यलाई निरन्तरता दिँदै उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत श्री दामोदर रायमाझीले “स्मार्ट मनी टक्स” थिममा आधारित प्रस्तुति दिँदै विद्यार्थी जीवनदेखि नै बचत गर्ने तरिका तथा स–सानो रकमलाई सरल रूपमा लगानी गर्ने उपायबारे जानकारी गराएका थिए । साथै उनले बैंक तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक सेयर, दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एस आई पी तथा सूचीकृत कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयबारे विस्तृत जानकारी दिएका थिए ।
त्यसैगरी कार्यक्रममा एएमएल÷सीएफटी (मनी लाउन्डरिङ तथा आतंकवाद वित्तीय नियन्त्रण) सम्बन्धी विषयमा पनि जानकारी प्रदान गरिएको थियो। अन्त्यमा सहभागी विद्यार्थी तथा शिक्षकबीच मुद्रा र पुँजी बजारका विविध पक्षमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा करिब २२० भन्दा बढी विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया