काठमाडौँ
मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीलाई विद्यालय झोला र स्टेसनरी (स्टेशनरी) सामग्री वितरण गरेको छ ।
सबै बालबालिकामा सपना भए पनि ती पूरा गर्न समान अवसर नहुने यथार्थलाई ध्यानमा राख्दै बैंकले यस्तो पहल गरेको हो । साधारण देखिने झोलाले पनि ती बालबालिकाका लागि अवसरको ढोका खोल्न सक्ने विश्वासका साथ बैंकले झोलासँगै आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि प्रदान गरेको छ । झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुशीले “अब म पनि सक्छु” भन्ने विश्वास झल्काएको थियो ।
यस अभियान अन्तर्गत बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाक तथा मेहनती र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको बैंकले हालसम्म सुर्खेत, कालिकोट र धनुषा लगायतका जिल्लामा करिब ५ सयभन्दा बढी विद्यालय झोला वितरण गरिसकेको छ ।











प्रतिक्रिया