आँचलको जन्मदिनमा उनकै एक मुठी बादलको टिजर


अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म एक मुठी बादलः माइ सेयर अफ स्काइको टिजर उनकै जन्मदिन पारेर सार्वजनिक गरिएको छ।

टिजर आँचलले नै वाचन गरेको कविता पोम्पोइको फूलको सेरोफेरोमा घुमेको छ। यो कविता फिल्मकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ। सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन्, जुन उनले लगभग बिर्सिसकेकी थिइन्। तर फिल्मको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो। ‘यो त्यतिबेला फर्कियो, जतिबेला फिल्मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो।
त्यसबेलादेखि नै यो कविता फिल्मको अभिन्न अंग बनेको छ’ सहाराले सुनाइन्।

कवितासंगै टिजरले फिल्मका मुख्य कलाकारलाई परिचित गराएको छ। अभिनेत्री आँचल शर्माले फिल्म आफ्ना लागि विशेष रहेको जनाउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन्। ‘यो फिल्मको माइली मै हो। आप्mनै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिंदैन। यो फिल्म मेरा लागि एकदमै स्पेसल छ’ आँचलले भनिन। आँचलसंगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारले अभिनय गरेको फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा अभिमन्यु दीक्षितले निर्माण गरेका हुन्। निकुन श्रेष्ठ कार्यकारी