काठमाडौँ
ग्लोबल मनी वीक २०२६ को अवसरमा सिन्धु विकास बैंकले देशका विभिन्न शाखामार्फत साताव्यापी वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौंडा, पर्सा, विकासचोक, चौतारा, ठोकर्पा, पाँचखाल तथा नारायणगढ शाखाहरू र कर्पोरेट (कर्पोरेट) कार्यालय बनेपाबाट विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनुका साथै विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा सम्बन्धित क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा सचेतनामूलक प्रभातफेरी कार्यक्रमहरू आयोजना गरिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममार्फत बचत, लगानी तथा डिजिटल (डिजिटल) बैंकिङ सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको छ ।
बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री गणेश कुमार के.सी.ले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बैंकले सञ्चालन गरेका यी कार्यक्रमहरूले वित्तीय चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।











प्रतिक्रिया