मध्यपूर्व तनाव चर्किँदा युद्धको मानवीय क्षति भयावह हुँदै


काठमाडौं ।

अमेरिका र इजरायलले इरानविरुद्ध थालेको मध्यपूर्वीय युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० सैनिक घाइते भएका छन्।

फेब्रुअरी २८ देखि सुरु भएको यो संघर्षमा कुल मृतक संख्या तीन हजार नाघेको अनुमान गरिएको छ। मानवअधिकार समूह एचआरएएनएका अनुसार मृत्यु हुनेमध्ये ठूलो हिस्सा सर्वसाधारण रहेका छन्।

लेबनानसहित यूएई, कुवेत, साउदी अरब, बहराइन र ओमानमा पनि युद्धसम्बन्धी क्षति रिपोर्ट भएको छ।