काठमाडौं।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार ७२० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर पाँच हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला २०५ रुपैयाँले कम हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५,१४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











प्रतिक्रिया