गुरुप्रसाद मैनालीको अमर कृति परालको आगोबाट प्रेरित कथामा निर्मित फिल्म परालको आगोको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नारी दिवसको अवसर पारेर सार्वजनिक पोस्टर नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ।

सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकामा अडेस लगाएर बसेकी नायिका सुहाना थापाको भावुक मुद्राले पोस्टरलाई जीवन्त बनाएको छ। उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको अनुभूति गराउ“छ। पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउ“घरको मौलिकता झल्काएको छ। नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई एकै फ्रेममा उतारिएको पोस्टरले फिल्मको भावनात्मक गहिराइको संकेत गरेको छ।
फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। टिजर ओएसआर युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा श्रीमान् श्रीमतीबीचको मनमुटाव र झगडा देखाइएको छ। फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमान् श्रीमतीको भूमिकामा छन्। श्रीमती प“धेरोबाट पानी लिएर अबेला आएको निहु“मा श्रीमान्ले कुट्छन्। जहा“ छिमेकी सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जा“दा अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने कुरा प्रकाशले गर्छन्।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षको कथाको फिल्ममा सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुतको मुख्य भूमिका रहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सौगात, सुहाना, प्रकाशका साथमा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानिया“लगायतले अभिनय गरेको फिल्म हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेका हुन्।
सुशील देवकोटाको लेखन रहेको फिल्ममा गीत मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुत, संगीत शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपुत, पाश्र्व संगीत किरण तुलाधर, नृत्य निर्देशन रामजी लामिछाने, कला निर्देशन प्रतीक चौधरी छाया“कन संकल्प भुजेल, रंग संयोजन कनाल कँवर, भिएफएक्स समिर मिया र सत्यम् राना र सम्पादन मिलन श्रेष्ठको रहेको छ।
गुरुप्रसाद मैनालीको नासो नामक कथा संग्रहमा समावेश कथा परालको आगो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। सोहीअनुसार कथालाई नमारी नया“ र उत्कृष्ट रूपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए। फिल्म आगामी वैशाख ११ गते नेपालभर रिलिजमा आउ“दैछ।











प्रतिक्रिया