राजधानीमा आयोजित एक कार्यक्रमकाबीच रोमान्टिक भावको गीत बेहाल सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि संगीतकर्मी फणिन्द्र राई तथा अतिथिहरू गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भुपेन्द्र महत, फिल्म सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीलगायतले सार्वजनिक गरेका हुन्।
गीतमा डा. देवेन्द्र प्रधानको शब्द रचना, शंकर थापा ‘स्माइल’ को संगीत तथा सुगम पोखरेल र रीता केसीको स्वर रहेको छ। गीतमा एरेन्जमेन्ट विषम आचार्य तथा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ। गीतको भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन्। अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठले अभिनय गरेको भिडियोमा दिनेश पराजुलीको छाया“कन र डिन्सन शाहको सम्पादन रहेको छ। निर्देशक भट्टका अनुसार गीतको भिडियो मुस्ताङदेखि पोखरासम्म चार दिन लगाएर छाया“कन गरिएको हो।
कार्यक्रममा वक्ताहरूले गीत शब्द, संगीत र स्वरको संयोजनका कारण प्रभावशाली बनेको प्रतिक्रिया दिए। भारतको कालिम्पोङ निवासी गीतकार प्रधान सन् २०१९ देखि सक्रिय रूपमा गीत लेखनमा छन्। उनले विभिन्न गायक–गायिकास“ग सहकार्य गर्दै आएका छन्।











प्रतिक्रिया