सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर


काठमाडौँ।

नेपाली बजारमा आज सुनकोे मूल्य दुई हजारले बढेको छ भने चाँदी स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार कायम भएको छ। त्यस्तै एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र एक तोला चाँदी पाँच हजार ७२०मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।