काठमाडौँ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाईरहेको हाे । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मतगणना हुँदा रास्वपाले ५१ लाख ३६ हजार ६ सय ७४ मत कटाएको छ । यो कुल सदर मतको ४८ प्रतिशत बराबर हो । कांग्रेसले १७ लाख ४८ हजार ३ सय ३६, एमालेले १४ लाख ४८ हजार ४ सय १२ मत पाएको छ ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ४ हजार १ सय ७१ , श्रम संस्कृतिले ३ लाख ७८ हजार ५ सस ९४ मत पाउँदा राप्रपाले ३ लाख २९ हजार ४ सय ६६ मत प्राप्त गरेकाे हाे । यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिकको थ्रेसहोल्ड कटाएका छन् । समानुपातिकमा मत पाउने अरु ५१ वटा दल रहे पनि उनीहरुले थ्रेसहोल्ड पार गर्ने सम्भावना छैन । साेही दलहरुले प्राप्त गरेको मत करिब ८ लाख रहेको छ ।











प्रतिक्रिया