पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो


एजेन्सी।

साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहिणीले नै सामना गर्नुपर्दछ । प्रायजसो गृहिणी र महिलाहरू भान्छामै धेरै समय बित्ने हुँदा उनीहरू साङलोको उपस्थितले डर मान्ने स्वाभाविक नै हो । उडेर शरीरमा बस्न आउने गर्नाले पनि साङलोसँग डर भएको हुनुपर्दछ ।

विश्वमा साङलोे ४५ सयभन्दा बढी प्रजातिहरू पाइन्छ । तर, यसमा करिब ३० प्रजातिहरू मात्रै मानव बस्तीमा रहेका छन् । यसको उत्पति धेरै पहिला नै भएको मानिन्छ । यो यति पुरानो छ कि डायनासोरभन्दा पहिले नै पृथ्वीमा रहेको भनिन्छ । डायनासोरको अस्तित्व पृथ्वीबाट गायब भइसकको छ तर, साङलो अहिले पनि पृथ्वीमा रहेको छ ।

साङलोको शरीर तीन भागमा बाँडिएको हुन्छ । हेड, थोरेक्स र एब्डोमेन । अगाडि भएको दुई वटा एन्टिना जस्तो देखिने भाग साङलोको सेंसरी अर्गेन हो । मतलब यसैको सहयोगमा यसले वरिपरि के छ भन्ने ठम्याउने गर्दछ ।
पानीविना बाँच्न नसकिने
साङलो केही नखाई एक महिनासम्म पनि बाँच्न सकिन्छ । तर, पानीविना भने एक हफ्ता पनि जीवित रहन सक्दैन । किनभने साङलोले डिहाइडे«शन झेल्न सक्दैन । पानीविना बढीमा एक हफ्ता बाँच्न सकिन्छ तर यसभन्दा बढी मुश्किल नै हुन्छ । यसलाई अरूलाई जस्तै पानी आवश्यक पर्दछ ।

राति देखिने

साङलो खासगरी भान्छामा बढी देखा पर्दछ । भान्छामै पनि दिनमा नदेखिने सांग्ला रातको समय वा अँध्यारो भएपछि देखिने गर्दछ । रातिको समयमा साङलो भोजन र पानीको खोजीमा हुन्छ । यिनीहरू खाना खानको लागि नै भान्छामा लुकेर बस्दछ । अनि, राति भएपछि बाहिर निस्कँदैं खाना खोज्न थाल्दछ ।
अर्को कारण साङलोमा नक्टरनल आर्गेनिज्म रहेको हुन्छ । नक्टरनल भएको हुँदा त्यसैले उनीहरूले प्रकाश र उज्यालो मन पराउँदैन । नक्टरनल हुनेमा उल्लु, चमेरो पनि पर्दछ । त्यसैले उनीहरू पनि राति उड्ने गर्दछ । यिनीहरू उज्यालो हुन्जेल लुकेर बस्ने गर्दछ । खासगरी जीवहरूमा दुई किसिमको आर्गेनिज्म हुन्छ । जसमा, एक नक्टरनल र अर्को डाइअरनल । डाइअरनल हुनेमा मान्छे, बाँदर, पुतली, धेरैजसो चराहरू पर्दछ ।

छुटकारा कसरी पाउने

–घरमा सफासुग्घर गर्ने, विशेषगरी भान्छाको कुना कुनामा सफा गर्ने ।

–बोरेक्स पाउडर, बेकिंग सोडा र चीनीको मिश्रण वा तेजपातको प्रयोग गर्ने ।

–लीक पाइपहरू र भिजेको स्थानमा ठिक गर्ने ।