बालबालिकाको डान्स रियालिटी शो नेसन्स् गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ विजेता घोषणा गर्दै सम्पन्न भएको छ।
एएनपी मिडिया हाउसको आयोजना भएको बालबालिको नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी शोमा डोटीकी उदीप्ती रावल विजयी भएकी छन्। उनले विजेता भएवापत नगद १ लाख रुपैया“ प्राप्त गरेकी छन्।
ख्यातिप्राप्त हास्यव्यंग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमुख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सम्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भएकी छन्। उनले नगद ६० हजार रुपैया“ पुरस्कार पाएकी छन्। त्यसै गरी सोलुखुम्बुकी पासाङल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन्। उनले नगद ४० हजार रुपैया“ पुरस्कार प्राप्त गरेकी छन्।
शोमा कालिकोटकी स्प्रिका शाही थर्ड, भक्तपुरकी जलादी खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिसिङ फिप्mथ रनर्सअप भए। उनीहरूलाई जनही १० हजार रुपैया“ पुरस्कार प्रदान गरिएको छ। प्रतियोगिताका सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजार रुपैया“को शैक्षिक पुरस्कारसमेत प्रदान गरेको छ।
प्रत्येक आइतवार सा“झ ६ बजे स्पेश फोके टेलिभिजन र सा“झ ७ बजे ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हु“दै आएको रियालिटी शोको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट ६ प्रतिस्पर्धीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए। गत २०८२ साल वैशाख महिनामा सुरु भएको रियालिटी शो भाद्रसम्म स्थानीयस्तरको अडिसनमा १८ सय जना बाल–बालिकाले भाग लिएका थिए।
प्रतियोगिताको मेघा अडिसनमा १ सय ८० जना छनौट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हु“दै ग्रयाण्ड प्रिमियरमा २३ जना छनौट भएको एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लवबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार क्रमशः छनौट हु“दै टप फाइनल ६ जनाबीच ग्रयाण्ड फिनाले गरिएको हो।
लोमशबहादुर कार्की र लबिसकुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भुप्रसाद रेग्मीको संयोजन र प्रनिमा दाहालको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माका साथमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहेका थिए। त्यसै गरी भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कविराज गहतराज अतिथि निर्णायक रहेका थिए।
आयोजक संस्थाकी प्रशासन प्रमुखः अनिता तामाङले आगामी वर्ष २०८३ वैशाखदेखि नृत्यका साथै गायनमा समेत रियालिटी शो नेसन्स् गट ट्यालेन्टका लागि स्थानीय स्तरबाट अडिसन गरिने जानकारी गराइन्।











प्रतिक्रिया