इलाम ।
इलाम प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बिजयी भएको छ । काँग्रेसका निस्कल राईले निकटतम प्रतिद्धन्द्धि श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । राईले १४ हजार ५ सय ४३ मत ल्याउँदा श्रम संस्कृतिका नेम्वाङले १३ हजार ६ सय ३२ मत ल्याउनु भयो । काँग्रेसका राईको यो जित संगै एमालेको लाल किल्ला २६ बर्षपछि तोडिएको हो ।
२०५६ सालमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईले यस क्षेत्रबाट चुनाव जितेयता काँग्रेसले जित्न सकेको थिएन । त्यसयता हरेक निर्वाचनमा नेकपा एमालेले चुनाव जित्दै आएको थियो । जुन क्षेत्रबाट तत्कालिन नेकपा एमालेका झलनाथ खनालले चुनाव जित्दै आउनु भएको थियो भने २०७९ सालको निर्वाचनमा एमालेका महेश बस्नेतले चुनाव जित्नु भएको थियो । यो निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चियो । एमालेका उम्मेद्धार काजीमान कागते थिए ।
यी तीन दलबीच निकै कडा प्रतिष्पर्धा भएको थियो । सूर्योदय नगरपालिकाको मत गणना गर्नुअघि एमालेका काजीमान कागतेको अग्रता थियो । काँग्रेसका निस्कल राई तेस्रो र श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङ दोस्रो स्थानमा थिए । ेयी तीन पार्टीबीच निकै कम मतान्तर रहँदै आएको थियो । तर सूर्योदय नगरपालिकाको मत गणना पछि काँग्रेसले एमाले र श्रम संस्कृति संगको मतान्तर घटाउँदै अग्रता लिन सफल भएको थियो ।
त्यस पश्चात काँग्रेस र श्रम संस्कृतिबीच कडा प्रतिष्पर्धा बनेको थियो । मत गणनको प्रारम्भिक मत परिणाममा अग्रता लिएको काँग्रेस त्यसपछि दोस्रो हुँदै तेस्रोमा झरेको थियो । अन्तिम मत परिणाम अनुसार एमालेका काजीमान कागतेले ११ हजार ९ सय ६६ मत प्राीत गर्नुभयो । यता इलाम क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका सुहाङ नेम्वाङ्ग निर्वाचित भइसक्नु भएको छ । नेम्वाङले नेपाली काँग्रेसका भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
नेम्वाङले २२ हजार ४ सय २६ मत ल्याउँदा आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभएको थियो । यो क्षेत्रमा श्रम संस्कृतिका सुदिप राईले १४ हजार ४ सय मत ल्याउनु भयो । इलाम क्षेत्र नम्बर १ जम्मा मतदाता १ लाख १२ हजार ३ सय २० खसेको मत ६४ हजार एकसय ४ सदर मत ५९ हजार ३ सय ९१ बदर मत ४ हजार ५ सय ६६ जम्मा गणना मत ६३ हजार ९ सय ५७ मात्र











प्रतिक्रिया