काठमाडौं।
भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएर टी २० विश्वकपको उपाधि आइतबार जितेको छ । भारतले दिएको २ सय ५६ रनको लक्ष्यको जवाफमा न्युजिल्यान्डले १ सय ५९ रन मात्रै बनाएको हो । न्युजिल्यान्डका लागि ओपनर टिम सेइफर्टले सर्वाधिक ५२ रन बनाए । भारतको तर्फबाट जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिएका हुन् ।
यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २ सय ५५ रन बनायो । भारतका लागि सन्जु सेमसनले सर्वाधिक ८९ रन बनाए भने अभिषेक शर्मा र इसान किसनले क्रमशः ५२ र ५४ रन जोडे ।
यो भारतको तेस्रो उपाधि हो । योसँगै भारतले टी २० विश्वकपमा सर्वाधिक ३ उपाधि जितेको छ । यसअघि भारतले यस प्रतियोगिताको उपाधि २००७ को पहिलो संस्करणमा जितेको थियो ।
तर, यसपछि दोस्रो उपाधि जित्न झण्डै १७ वर्ष कुर्नु परेको थियो । २०२४ मा भएको गत संस्करणमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराएर उपाधि जितेको थियो ।











प्रतिक्रिया