मुगु।
मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतले पछि पार्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मत प्राप्त गरेका छन्।
मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २ सय ३, नेकपा माओवादीका उम्मेदवार रंग वीर परियारले २८० पाए । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतदातामध्ये २२ हजार ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न् ।











प्रतिक्रिया