उदयपुर-२ मा घण्टीले मार्‍यो  बाजी

1.88k
Shares

उदयपुर।

उदयपुर-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।

निर्वाचनमा नेकपा एमालेका अम्बर बहादुर रायामाझी ७ हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । उदयपुर-२ का निर्वाचन अधिकृत लाेकबहादुर कटुवालका अनुसार नेपाली काँग्रेसका राम कुमार राईले ७ हजार २९० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सुरेश कुमार राईले ५ हजार १९७ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन् ।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय परिवर्तन पार्टीका अरुण राईले ६०७, मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राईले ३८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु बहादुर खडकाले २२० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दुर्गा बहादुर तामाङले १५२, जनता समाजवादी पार्टीका केशव बहादुर मगरले १०३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मेजर कुमार राईले ९० मत प्राप्त गर्दा आम जनता पार्टीका बम बहादुर मगरले ८५ तथा नेपाल मजदुर किसान पार्टीका पुर्ण बहादुर बुढाथोकीले ४० मत प्राप्त गरेका छन् ।