इलाम-२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी


काठमाडौँ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् ।

उनले २२ हजार ४ सय २६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका हुन्। आचार्य १४ हजार ६ सय ५० मत प्राप्त गर्दै पराजित भएका छन् ।

श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८ सय १४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ १ हजार १ सय ७२ मत प्राप्त गरेका छन् ।