नवलपरासी पूर्व, पश्चिम सबै क्षेत्रमा रास्वपाकाे जीत


नवलपरासी। 

नवलपरासी पूर्व र पश्चिमका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।
शनिबार राती सम्पन्न मतगणना नतिजा अनुसार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार विक्रम खनाल ४५ हजार २ सय ४१ मतका साथ विजय भएका हुन् ।

खनालले उद्योगपति विनोद कुमार चाैधरीलाई  ३५ हजार ७ सय ३९ काे मतान्तरले  पराजित गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार  चाैधरीले ९ हजार ५ सय २ मत ल्याएका छन् । यस्तै उक्त क्षेत्रमा नेकपा एमालेका राम प्रसाद पाण्डेले ७ हजार ९ सय ५६ मत लयाएका छन् ।

यसै गरि क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ता ४४ हजार १ सय ३८ मत ल्याएर विजय भएका छन् ।उनले नेपाली काँग्रेसका भीम बहादुर थापालाई २८ हजार १ सय ५३ काे फराकिलो मतान्तरले पराजित गरेका हुन् । 

थापाले १५ हजार ९ सय ४५ मत ल्याएका छन् भने जनता समाजबादीका देवेन्द्र यादव ७ हजार २ सय १२ मत सहित  तेश्राे स्थानमा रहेकाछन् ।  नवलपरासी पूर्वमा रास्वपाका राजन गाैतम र २६ वर्षीय जेन्जी युवा मनिष खनाल विजय भएका थिए ।