रौतहट ।
मधेस प्रदेशका ३२ सिटमध्ये रौतहट क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसका डाक्टर फिरदोष आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का किरण साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगीरले ९ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनै किरण साहले नेपाली कांग्रेसका डाक्टर फिरदोष आलमलाई पराजित गरेका थिए । यसपटक भने आलमले फराकिलो मतान्तरसहित जीत हासिल गर्नुभएको हो ।
निर्वाचित डाक्टर आलम पूर्वमन्त्री मोहम्मद अफताब आलमका छोरा हुनुहुन्छ । उहाका भाइ डाक्टर राजिक आलम राजपुर नगरपालिकाका मेयर हुनु हुन्छ ।..











प्रतिक्रिया