काठमाडौँ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका छन्।
शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै झापा–५ मा ऐतिहासिक जित हासिल गरेका हुन्।











प्रतिक्रिया