रुपन्देही ५ –  रास्वपाका तौफिक अहमद खान  विजयी 

0
Shares

बुटवल। 

रुपन्देही  निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकिल मुसलमान लगायतलाई पराजित गरेका हुन् ।

 भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन् ।