उदयपुरम १- मा घण्टी अघि माटो पछिपछि, सुर्य र रुख झनपछि

1.13k
Shares

उदयपुर ।

 फागुन २१ गते भएको उदयपुर १ को प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । १७ वटा राजनीतिक दलका उम्मेदवार र १ जना स्वतन्त्र उम्मेदवार रहेको उदयपुर १ मा रास्वपाका पारसमणी गेलाल अग्रस्थानमा रहेका छन् भने श्रमसंस्कृति पार्टीका राजेश कुमार राईले गेललालाई पछ्याउँदै मतान्तर घटाईरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार दिउँसो साढेतीन बजेसम्मको प्राप्त मतपरिणाममा रास्वपाका गेलालले ११ हजार ५ सय ७२ मत पाएर अग्रस्थानमा छन् भने उनको पछि श्रमसंस्कृति पार्टीका राजेश कुमार राईले ६ हजार ६ सय ३४ मत पाएर गेलाललाई पछ्याउँदै अघि बडेका छन् ।
तेस्रो मा नेकपा एमालेका दुर्गा कुमार थापाले ५ हजार १ सय ४१ मत पाएका छन् भने नेपाली कांग्रेसका विदुर बस्नेतले ३ हजार ८ सय ६६ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी का बलदेव चौधरीले ३ हजार ९६ मत पाएका छन् ।

अहिले चौदण्डीगढी नगरपालिकाको मत गणना सकेर त्रियुगा नगरपालिकामो मतगणना भइरहँदा उदयपुरको १ नं क्षेत्रमा १ लाख ४२ हजार ८सय ४  मतदाता रहेकोमा हालसम्म ३४ हजार ३१९ मत गणना गर्दा ३१ हजार ७सय ९१ मत सदर र २ हजार ५ सय २८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुरको २ नं निर्वाचन क्षेत्रको मतगणना भइरहेको भए पनि त्यहाँबाट मतगणनाको मतपरिणाम समयमा प्राप्त हुन सकेको छैन । केही समय अघि प्राप्त मतपरिणाम अनुसार रास्वपाको ५ हजार ५ सय ९६, एमालेका अम्बर बहादुर रायमाझीको ४ हजार २ सय ८, नेकपाको २ हजार ९सय ५, माटोको २४४२ मत आएको छ । नेकपाका सुरेश राईको२ हजार ९सय ५ , नेपाली कांग्रेसको  राम कुमार राईको २  हजार ६ सय ६९ मत प्राप्त भएको छ । श्रम संस्कृति पार्टी माटोको २ हजार ४ सय ४२ मत प्राप्त भएको निर्वाचन अधिकृतको कायाृलय कटारीबाट प्राप्त भएको छ । यस क्षेत्रमा १ स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवार विभिन्न राजनीतिक दलबाट उम्मेदवार भएका छन् ।