जुम्ला।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्।यस जितसँगै राप्रपाले यो निर्वाचनमा पहिलो जित निकालेको छ।
शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ६५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी ११ हजार १२३ मतमा पाए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतान्तरले हराएका हुन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए भने नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए ।
देशभर रास्वपाको सुनामी चल्दा जुम्लाकी उम्मेदवार विनिता कठायतले केबल ३९८ मत पाइन् । रास्वपा उम्मेदवारका रुपमा उनको यो सबैभन्दा लज्जास्पद हार हो ।
हजार मत पनि कटाउन नसकेका कारण उनको जमानत जफत भएको छ। कठायत यसअघि रास्वपाबाट समानुपातिक सांसद थिइन्।











प्रतिक्रिया