डडेलधुरामा रास्वपाका डा. ताराप्रसाद जोशी भारी मतले विजयी

0
Shares

काठमाडौं । डडेलधुरामा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी ले प्रभावशाली जित हासिल गरेका छन्।

बिहीबार सम्पन्न मतगणना अनुसार, डा. जोशीले १९,१३१ मत ल्याएर विजयी भएका छन्। योसँगै उनी आफ्नो क्षेत्रबाट निर्वाचित प्रतिनिधि बन्न सफल भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे ।

डडेलधुरामा उच्च मत सहभागिता रही परिणाम नजिकको प्रतिस्पर्धा अपेक्षा गरिएको थियो। तर अन्तिम नतिजाले डा. जोशीको स्पष्ट अग्रता देखाएको छ।

जोशीले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विजयी घोषणा पश्चात् उत्साही समर्थकसँग शुभकामना कार्यक्रम पनि गरेका छन्। उनले सामाजिक विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र स्वास्थ्य सेवामा सुधार गर्ने प्रतिबद्धता दोहो¥¥याएका छन्।

यस सँगै डडेलधुराको निर्वाचित प्रतिनिधिको प्यानलमा रास्वपाका उम्मेदवारको विजयी प्रगति भएको छ, जसले प्रमुख प्रतिपक्षी दलहरूलाई चुनौतीपूर्ण नतिजा दिएको छ।