पुटिन–पेजेशकियन टेलिफोन वार्ता, इरानका शीर्ष नेताको मृत्युमा रूसको समवेदना र तत्काल युद्ध अन्त्यको आह्वान

470
Shares

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति पेजेशकियन बीच टेलिफोन संवाद भएको छ। यो जानकारी रूसको राष्ट्रपति कार्यालय प्चझष्लि ले दिएको हो।

क्रेमलिनका अनुसार उक्त वार्ताका क्रममा राष्ट्रपति पुटिनले इरानका सर्वोच्च नेता मोहम्द अलि खामेनी सहित अन्य सरकारी अधिकारी र सर्वसाधारणको मृत्यु भएको घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

वार्ताका क्रममा पुटिनले मध्यपूर्वमा बढ्दो सैन्य टकरावप्रति चिन्ता व्यक्त गर्दै शत्रुतापूर्ण गतिविधि तत्काल अन्त्य गर्नुपर्ने र समस्याको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने रूसको अडान पुनः दोहोर्याएका थिए।

क्रेमलिनको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति पेजेशकियनले भने रूसले देखाएको समर्थनप्रति आभार व्यक्त गर्दै इरानभित्रको पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाबारे विस्तृत जानकारी दिएका थिए।

दुवै नेताले वर्तमान संकटका विषयमा निरन्तर सम्पर्कमा रहने र परिस्थितिको विकासबारे एकअर्कासँग समन्वय जारी राख्ने सहमति समेत गरेका छन्।

इजरायल–इरानबीच बढ्दै गएको तनाव र आक्रमण–प्रतिआक्रमणका घटनाका बीच रूसले कूटनीतिक समाधानको पक्षमा जोड दिँदै आएको छ। विश्लेषकहरूका अनुसार पुटिन–पेजेशकियन वार्ताले मध्यपूर्वको विकसित संकटमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको सक्रियता झन् बढेको संकेत दिएको छ।