काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच संयुक्त अरब इमिरेट्सको दुवई इन्टरनेशलन एपरपोर्ट नजिक ड्रोन प्रहार भएको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा विमानस्थल क्षेत्रमा विस्फोट भएको र ठूलो धुवाँ उठेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त घटना इरानका राष्ट्रपति ःबकयगम एभशभकजपष्बल ले खाडी राष्ट्रहरूमाथि भएको आक्रमणप्रति सार्वजनिक रूपमा माफी मागेको केही समयपछि भएको बताइएको छ। राज्य टेलिभिजनमार्फत दिएको सम्बोधनमा पेजेस्कियनले इरानबाट भएका मिसाइल र ड्रोन आक्रमणका कारण प्रभावित भएका छिमेकी देशहरूसँग माफी माग्दै अबदेखि ती देशमाथि आक्रमण नगर्ने बताएका छन्, तर ती देशबाट इरानमाथि आक्रमण भएमा मात्र जवाफ दिने चेतावनी पनि दिएका छन्। तर माफीको घोषणा भए पनि खाडी क्षेत्रमा तनाव भने कम भएको छैन ।
पछिल्लो समय यूएई, कतार, साउदी अरब र बहराइन जस्ता देशहरूमा मिसाइल र ड्रोन हमलाका घटनाहरू भइरहेका छन्, जसले क्षेत्रीय सुरक्षामा थप चिन्ता बढाएको छ। रिपोर्टहरूका अनुसार दुबई विमानस्थलमा भएको घटनापछि केही समयका लागि उडान सञ्चालन प्रभावित भएको थियो र सुरक्षा सतर्कता बढाइएको छ।
हालसम्म उक्त घटनामा मानवीय क्षति भएको पुष्टि भने भएको छैन। इजरायल र इरानबीच बढ्दै गएको युद्ध दोस्रो सातामा प्रवेश गरिसकेको छ। इजरायल र अमेरिकाले इरानका सैन्य तथा आणविक संरचनामा आक्रमण जारी राखेका छन् भने इरानले पनि मिसाइल र ड्रोनमार्फत विभिन्न स्थानमा जवाफी हमला गरिरहेको छ।
यसले गर्दा मध्यपूर्वभरि युद्ध फैलिने र विश्व ऊर्जा बजारसमेत प्रभावित हुने चिन्ता बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।











प्रतिक्रिया