काँग्रेस,एमालेको गढ पर्सामा रास्वपाको धावा 


वीरगन्ज । 

अघिल्ला चुनावमा दल फेर्दे चुनाव जित्दै गरेका र मन्त्री समेत भइसकेकाहरुलाई निकै ठूलो मत अन्तरले पराजित गर्दै पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । पर्साको कुल चारवटा निर्वाचन क्षेत्र रहेकोमा दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ भने बाँकी दुईवटा निर्वाचन क्षेत्रको मत गणना हुँदा रास्वपाका उम्मेदवारहरु नै अगाडि छन् । 

पर्सामा क्षेत्र नम्बर १ मा दल फेर्दै चुनाव लड्दै गरेका र मन्त्री समेत भइसकेका प्रदीप यादवलाई पराजित गर्दै बुद्धि(हरि)पन्तले विजयी हासिल गर्नु गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) ले विजयी भएका छन् । 

शनिवार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त रगरेका हुन् भने उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पारजित गरे । यादवले १३ हजार ३० मत मात्र प्राप्त गरे । उनले जसपा नेपालबाट चुनावको मुखैमा एमालेमा प्रवेश गरेका थिए ।

 पर्सा – १ मा यसअघि लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रदीप यादवले २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी गरेका थिए  । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। यो उनको संसदीय निर्वाचनमा दोस्रो प्रयास थियो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी  प्रदीप यादवसँगै पराजित भएका थिए । रुङ्टापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्द किशोर प्रसाद श्रीवास्तवले १ हजार २ सय ७२ मत ल्याउनु भयो भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २ सय १ मत प्राप्त गरे । 

यस्तै पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कुमार कानु विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवलाई १८ हजार ९७१मतान्तरले पराजित गर्दै ३६ वर्षीय कानु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 

 कानु ३० हजार ७२२ मतका साथ निर्वाचित हुँदा एमालेकी यादवले ११ हजार ७५१ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया भने ११ हजार ४९६ मतका साथ तेस्रो स्थानमा सीमित भए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित कानु २०७९ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका थिए ।  स्थानीय तहको निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित कानु गत माघ ५ गते रास्वपामा प्रवेश गरेका हुन् । कांग्रेसका चौरसिया भने यसअघि पर्सा क्षेत्र नम्बर २ र ३ बाट गरी तीन पटक सांसदमा निर्वाचित भएका थिए । पर्साको बाँकी दुई निर्वाचन क्षेत्रको मत गणना चल्दै छ र दुबैमा रास्वपाका उम्मेदवारकै अग्रता रहेको छ । पर्साको अन्तिम मत परिणाम भने आइतबार बिहानसम्ममा आउने अनुमान गरिएको छ ।