काठमाडौँ।
चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतम विजयी भएकी छन्।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले भन्दा ३८ हजार ६२२ बढी मत ल्याएर निर्वाचित भएकी हुन्।
सोबिताले ५९ हजार २७७ मत प्राप्त गर्दा रेनुले २० हजार ६१५ मतपाइन्।
यस्तै नेकपा एमालेका उम्मेदवार शखंर थपलियाले ५ हजार ४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत ल्याए।
यस्तै राप्रपाका दीपकबहादुर थापाले १ हजार २२६ मत प्राप्त गरेका छन्।











प्रतिक्रिया