भक्तपुर एक बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रन्जित निर्बाचित

नेमकिपाका उम्मेदवार सुवाल पराजित


काठमाडौं ।

भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित निर्बाचित भएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै रन्जित निर्बाचित भएका हुन् । रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउँदा नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ मत ल्याएका छन् ।