काठमाडौं ।
बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।
उहाँले १८ हजार ५ सय ४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका थिए ।











प्रतिक्रिया