प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।उनले १० हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।नेकपा एमालेका प्रेम तामाङले ४ हजार ६ सय ८८ मत पाएका छन् ।
मुख्य निर्वाचन कार्यालय रसुवाका अनुसार १ मात्रै निर्वाचन क्षेत्र भएको रसुवामा मतगणनाकाे सुरूवात देखि नै आर्चायले अग्रता कायम गरेका थिए ।रसुवाको ५ गाउँपालिकाको ३६ मतदान स्थल ५७ मतदान केन्द्र रहेको जिल्ला रसुवामा ४१ हजार ४ सय ७१ जना मतदाता रहेका थिए।
जसमध्ये २५ हजार ४ सय ५८ जना अर्थात् ६१ .३९ प्रतिशतले मत खसेको थियो ।
यस्तै चौथो हुनेमा उज्यालो नेपाल पार्टीका मान वहादुर तामाङले १४ सय ५३ मत प्राप्त गरे,पाँचौमा नेेपाली कम्युनिस्ट पार्टीका माघव प्रसाद लामिछानेले ९ सय ५३ मत प्राप्त गरे,छैटौंमा मंगाेल अर्गनाइजेसनका विनोद थिङले ४ सय ७४ मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि प्रसाद घिमिरेले ६० मत प्राप्त गरे,नेपाली कम्युनिस्ट पार्टी माअेाबादीका हाेम प्रसाद आर्चयले ५० मत प्राप्त गरे स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले १२ मत प्राप्त गरिन,स्वतन्त्र उम्मेदवार सागर लामाले ११ मत प्राप्त गरे,स्वतन्त्र उम्मेदवार दावा मिङमार तामाङले ३ मत पाए ।











प्रतिक्रिया