रुकुमपूर्वबाट प्रचण्ड विजयी


काठमाडौँ।

रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्।

यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्।

रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।