इलाम–२ मा सुहाङ नेम्बाङको प्रारम्भिक अग्रता

2.63k
Shares

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेम्बाङले ४९१ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ का उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन्।

यसैबीच नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।