मोरङ । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ।
मोरङ क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको निधन भएको हो।
मतगणना स्थलमा खटिएका रेग्मी खाना खानका लागि बाहिर निस्किएका बेला अचानक ढलेका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रारम्भिक अनुमानअनुसार उनको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
रेग्मीको निधनपछि मतगणना स्थलमा केही समय शोकको वातावरण बनेको थियो।











प्रतिक्रिया