तेह्रथुम । तेह्रथुममा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राख्दै मतान्तर बढाएका छन्। पछिल्लो मत परिणामअनुसार ढकालले ४ हजार १ सय ७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३ हजार ७ सय ८० मत प्राप्त गर्दै ढकाललाई पछ्याइरहेका छन्।
एमाले उम्मेदवार ढकाल र कांग्रेस उम्मेदवार सुव्वाबीच हाल ३ सय २७ मतको अन्तर रहेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बुले २ सय ७७ मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाका अनुसार जिल्लामा खसेको कुल ३९ हजार २ सय ९७ मतमध्ये हालसम्म १४ हजार १ सय ७३ मत गणना सम्पन्न भइसकेको छ। यस क्रममा ६ सय १७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। बाँकी मत गणना जारी रहेको र आगामी केही घण्टाभित्र थप परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ।











प्रतिक्रिया