सहारालाई आहा राराको रजत जयन्ती गोल्डकप


कास्की।

सहारा क्लबले १३ वर्षपछि पोखराको मैदानमा उपाधि उचाल्दै इतिहास दोहो¥याएको छ । शनिबारको फाइनल खेलमा जावलाखेलमाथि सहाराले २–० गोलको जित निकाल्यो । योसँगैं गोल्डकपको रजत जयन्ती मनाइरहेको सहाराले २५औं संस्करणको उपाधि उचाल्दै दोस्रो पटक आफनो नाममा लेखायो ।
जावलाखेलले उपाधि उचाल्ने लक्ष्य र सपना पुरा हुन सकेन् र उपविजेतामै चित्त बुझाउन विवश बन्यो । १४ वर्षअघि पनि जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग फाइनलमा २–० गोलले नै पराजित भएको थियो ।

दोस्रो पटक उपाधि

रजत जयन्ती मनाइँदा सहाराको भाग्य बलियो देखियो । सहाराले दुईपटक सडन डेथमा भाग्यमानी बन्यो । नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीलाई क्रमशः क्र्वाटरफाइनल र सेमिफाइनलमा सडन डेथमा पराजित गर्दै साहारा फाइनलमा आइपुगेको थियो ।

फाइनलमा सहाराले पहिलो हाफ र दोस्रो हाफमा गोल गर्दै उपाधि पक्का गरेको हो । प्लयेर अफ दि म्याच सहाराका कप्तान शुशिल लामाको दुवै गोलको लागि महत्वपूर्ण असिस्ट रह्यो । पहिलो गोल दोस्रो कर्नरबाट सम्भव बन्यो । शुशिलको कर्नर बललाई सहारा एकेडेमीका उत्पादन मुकुन्दकुमार निउरेले उत्कृष्ठ हेड गरेको बल गोलमा परिणत भएपछि स्पष्ट अग्रता लियो ।

दोस्रो गोल खेलको ७३ औं मिनेटमा उनै कप्तान शुशिलले क्रस गरेको बल अग्ला कदका डिफेण्डर टाय डिनियल बादारुले ओभरल्यापमा गएर गरेको हेडिङ पोष्टको दिशा लिएको थियो । जावलाखेलले खेल अवधिमा खासै गोलको लागि अवसर सृजना गर्न सकेन् ।

गोल्डकप यात्रा

चार पटक फाईनलमा पुगेको सहाराले दोस्रो पटक उपाधि आफनो बनाउन १३ वर्ष कु¥यो । २०६९ सालमा पहिलो पटक सहारा गोल्डकपको फाइनल पुगेको थियो । २०७० मा दोस्रो पटक फाइनल यात्रा तय गर्दै उपाधि उचालेको थियो । २०७३ मा तेस्रो पटक फाइनल पुग्दा उपविजेतामा सीमित भएको थियो ।

नगद तथा विधागत पुरस्कार

सहाराले नगद १४ लाख १ हजार प्राप्त गर्दा उपविजेता जावलाखेलले नगद ७ लाख १ हजार प्राप्त गरेको छ । उत्कृष्ट डिफेन्सबाट सहाराका बादारु घोषित भए । सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदीयमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राइकर जावलाखेल युथका देबेन्द्र कुँवर, गोलकिपर सहाराका टिकेन्द्र थापा, मिडफिल्ड जावलाखेलका बाउबकर सिसिको, फेयरप्ले आभा फुटबल क्लब उज्बेकिस्तान घोषित भए । घोषित खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्लेयर अफ दि टुर्नामेन्ट मुकुन्द्रकुमार निउरेले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।