एमाले नेता जनार्दन ढकाल सहित ७८ जना काग्रेसमा प्रवेश 

5.36k
Shares

रसुवा ।

संविधान सभा सदस्य एवम नेकपा एमाले का जिल्ला अध्यक्ष जनार्दन ढकाल  सहित ७८ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन । फागुन ७ गते काठमाडौ मा रहेकाे राष्ट्रिय सभा गृहमा कांग्रेस काे प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम मा जनार्दन ढकाल सहित ७८ जना कांग्रेस मा प्रवेश गरेेेका हुन ।

गत वर्षको फागुन देखि पार्टीमा निष्क्रिय बस्दै आएका उनी सभापति गगन थापाकाे प्रश्नाेतर कार्यक्रम पछि फागुन ७ गते रसुवाका नेताहरूकाे जम्बाे  टाेलि नै वाेकेर कांग्रेस मा प्रवेश गरेका छन ।

नेपाली कांग्रेस प्रवेश गरेका हरू मा सचिवालय सदस्य मेन्दाे छिरिङ तामाङ,नाेर्चेेल तामाङ,फुर्पु  सिङगि तामाङ,सुरेश अधिकारि,नाैकुण्ड गाउँपालिका का  अध्यक्ष हित वहादुर  न्याैपाने,कालिका गा,पाका अध्यक्ष टीका देवकोटा,सचिवालय सदस्य पारस गुरूङ,प्रदेश सल्लाहकार सदस्य मानकाजि ग्यावा,जिल्ला कमिटि सदस्य महेन्द्र न्याैपाने,टासि छवाङ तामाङ,निमा दुब्ले तामाङ,मेम्वर थिङ,लापुल लाेप्चन,नाैकुण्ड गा,पा सचिव काब्राे थाेक्रा सहितका रहेका छन ।