नेकपा एमाले उदयपुर १ का उम्मेदवारको ५० बुँदे प्रतिवद्धतापत्र सार्वजनिक

470
Shares

उदयपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवाद लेनिनवाद) ले बिहीबार उदयपुरको निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गा कुमार थापा (स्वस्ती)ले आफ्नो विकासका योजना सहितको ५० बुँदे प्रतिवद्धतापत्र पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन्


पत्रकार सम्मेलनमा उदयपुरको निर्वाचन क्षेत्र नं १का नेकपा एमाले उम्मेदवार रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभएर राज्यलाई फाइदा पुग्ने र देशको विकासमा सहयोग पुग्ने खालका योजनाहरु प्रतिवद्धतापत्रमा समेटेकाछन् ।

२ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरको १ नं निर्वाचन क्षेत्रमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका गरी तीन वटा नगरपालिका रहेको छ । यहाँको मुल समस्या भनेको सुकुम्वासी, दलितहरुको अव्यवस्थित बसोवास, जग्गाधनी पुर्जा नपाउनु हो । जग्गाको जोतभोग छ तर जग्गाधनी प्रमाणपुर्जा नपाएका कारण कैयौ वर्षदेखि समस्यमा रहेका छन् ।

अर्को समस्या भनेको नदी तथा खहरे नियन्त्रण, खानेपानी, सिंचाई सडक यातायात लगायतका समस्या रहेका छन् ।
थापाले आफ्नो प्रतिवद्धता पत्रमा समेटेका ५० बुँदामा मुख्य रुपमा स्थानीय प्राथमिकता प्राप्त योजनाका आधारमा विकासको काम गर्ने,विकासकालागि विकास कार्यक्रम संचालन गर्ने, विकासबाट प्रभावितहरुलाई पुनःस्थापना गरी रोजगारीको व्यवस्था गर्ने, अधुरा तथा अपुरा योजनाहरुलाई पूर्णता दिने विषयलाई प्रतिवद्धतापत्रमा समेटिएको छ ।

नेपाल कै पहिलो चन्द्र नहरलाई व्यवस्थित रुपले संचालन गर्ने,भूमिहीन सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न, खहरे तथा नदी नियन्त्रण गर्न, सुरक्षित आवास प्रवद्र्धन गर्ने विषयलाई पनि प्रतिवद्धतापत्रमा समेटिएको छ ।

उदयपुरमा मेडिकल कलेज स्थापना, प्रादेशिक अस्पताल, उदयपुर सिमेन्ट उद्योगलाई व्यवस्थित रुपले संचालन गर्ने, त्रियुगा नगर चक्रपथको निर्माण, त्रियुगा करिडोरको निर्माण लगायतका विषयलाई पनि प्रतिवद्धता पत्रमा महत्व दिइएको छ । यस्तै गरी उदयपुरका क्याम्पसहरुको स्तरवृद्धि, ई पुस्तकालय, विद्यालयहरुको व्यवस्थापन, शिक्षक व्यवस्थापन तथा टेली शिक्षालाई प्राथमिकता दिने, शिक्षकहरका सबै खाले जायज मागहरु सम्बोधन गर्न प्रयास गर्ने, किसान अधिकारकालागि किसान परिचयपत्रको व्यवस्था गर्ने लगायतक विषयलाई पनि प्राथमिकताका साथमा प्रतिवद्धता पत्रमा समेटिएको छ ।

पूतिवद्धता पत्रमा समेटिएको अर्को महत्वपूर्ण विषय भनेको आठ ब को कार्यक्रम हो । आठ ब को कार्यक्रममा बाँस, बाख्रा, बेसार, बगँैचा, बन सम्पदाको संरक्षण , ब्यापार, बोटिङ र बास (घरबास,होमस्टे) रहेका छन् । अर्को हो ग्रामिण क्षेत्रमा व्यवसायिक गाँजा खेतीका लागि आवश्यक कानुन बनाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

उदयपुरका पर्यटकीय क्षेत्रको विकास गर्न, एकपालिका एक औधोगिक ग्राम निर्माण गर्न, उदयपुरको कोभिड अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्न,व्यवसायिक कृषि तथा पशुविज्ञानको अनिवार्य शिक्षा प्रदान गर्न, स्थानीयस्तरमा उत्पादित मदिरालाई व्यवसायिक बनाउन कानुन निर्माण गर्ने विषयलाई पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिवद्धतापत्रमा उल्लेख गरिएका अन्य विषयहरुमा पहाडी क्षेत्रमा फलफुल तथा नगदेबाली खेती स्थानीय कच्चा पदार्थमा आधारित कुटिर उद्योग, महाभारत र चुरे क्षेत्रमा जडिबुटी खेती प्रवद्र्धन गर्न, किसानको सम्मान र एक पालिका एक उत्पादन लागु गर्ने योजनालाई पनि प्रतिवद्धतापत्रमा समेटिएको छ ।

प्रतिवद्धतापत्रमा समेटिएका अन्य विषयहरुमा कृषिको आधुनिकीकरण, व्यवसायिकरण, तथा यान्त्रिकीकरण मार्फत युवाहरुलाई उद्यमशीलतामा लगाई स्वरोजगार बनाउने,प्राङ्गारिक मल उद्योग र साइलेज उद्योगको स्थापना र संचालन गर्ने । एक समुदायिक बन एक उत्पादन कार्यक्रम लागु गर्ने,एक पालिका एक रंगशाला निर्माण, पार खेलकूदको सरक्षण सवद्र्धन र विकास गर्ने । पालिका केन्द्रमा स्मार्टसिटी निर्माण गर्ने, दुव्र्यसनी नियन्त्रण गर्ने । फोहर व्यवस्थापन, महिलाहरुको प्रजनन स्वास्थ्य समस्या न्युनिकरणगर्ने । विभिन्न जातजातीहरुको भाषा कला साहित्य संस्कृति परम्पराहरुको संरक्षण, संवद्र्धन , वातावरण संरक्षण गर्ने लगायतका विषयहरु प्रतिवद्धतापत्रमा समेटिएके छ ।

यस अघि ५ वर्ष बेलका नगरपालिकाको नगर प्रमुख र सो अघि २०५४ सालमा तत्कालिन रामपुर ठोक्सिला गाउँ विकास समितिको अध्यक्ष भएर निकै राम्रा र गहकिला कामहरु गरेको कारण जिल्लामा निकै चर्चामा थिए । यति मात्र नभएर नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको उदयपुर सम्वाददाता भएर पनि २०५२देखि २०५४ सालसम्म काम गरेको अनुभव पनि थापासँग रहेको छ । पछिल्लो समयमा नेकपा एमाले निकटको नेपाल किसान महासंघको कोशी प्रदेश अध्यक्ष भएर किसानहरुको हकहितमा पनि लागि परेका थिए ।