मुगुमा मतपत्र पुग्न अन्यौल


मुगु ।

कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा मतपत्र हाल सम्म नपुगेको हो । प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार केन्द्र बाट मतपत्र कर्णाली प्रदेश सुर्खेतमा पुगिसकेको छ तर मुगु जिल्लामा भने कहिले पुग्छ अहिले सम्म एकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

उनका अनुसार मतपत्र हेलिकप्टर मार्फत ल्याउने तयारी रहेको छ । कर्णालीका मुगु , हुम्ला र डोल्पामा मतपत्र पुग्न सकेका छैनन् । निर्वाचनको समय आउन अब १५ दिन मात्र बाँकि छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले दिएको जानकारी अनुसार यहि फागुन ८ गते देखि ९ गते सम्म पुग्छ कि भन्ने आँकलन गरिएको छ त्यसमा पनि यर्थात जानकारी नभएको बताए । बिगतका निर्वाचनमा पाठ्यपुस्तक भन्दा मतपत्र समयमै पुग्ने मुगु जिल्ला योे पटकको निर्वाचनमा अलि ढिलाई भएको देखिन्छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि मुगुमा कुल मतदाता संख्या ३६ हजार ३१ जना रहेका छन् । जसमा महिला १७ हजार ४ सय ३३ र १८ हजार ५ सय ९८ पुरुष मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ६९ मतदान केन्द्र , ६७ मतदान स्थल र तोकिएको छ ।साथै मुगुमा अतिसंवेदनशिल ३० , संवेदनशिल १७ र सामान्य २२ वटा मतदान केन्द्र रहेका छन् ।

ती केन्द्रमा ५ सय भन्दा बढि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार मुगु जिल्लामा पहिलो पटक नमुनाका लागि छायाँक्षेत्र आवि तलितुम मतदान केन्द्रमा महिला मतदान अधिकृत सहित सबै महिला कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाले बताए ।