सुशासन र जनपक्षीय कानुन निर्माण पहिलो प्राथमिकताः घनश्याम पाण्डे


तुलसीपुर ।

फागुन २१ गते हुन थालेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको सन्दर्भमा तुलसीपुर नगर जेसीजले उम्मेदवार संग ककस कार्यक्रम गरेको छ । दाङ निर्वाचन क्षेत्र ३ मा दल तथा स्वतन्त्र उम्मेदवार संग ककस कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम पान्डेले सुशासन तथा जनअधिकारको लागि जनपक्षिय कानुन निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन । उनले मुलुकमा अर्थतन्त्रमा परेको असरलाई माथि उकास्ने र व्यवसायी प्रबद्र्धन गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका छन ।

कार्यक्रमको सुरुवातमा बोल्दै उनले उद्यमशिलताको विकास,युवा रोजगार ,पर्यटन क्षेत्रको विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन । निर्धारीत समय भित्र आफ्ना योजना राख्ने क्रममा उनले दाङ जिल्लालाई राजनितिक अभ्यासको प्रयोगशाला मात्रै नभई अर्थतन्त्र सुदृढिकरणको केन्द्रका रुपमा विकास गर्ने योजना रहेको समेत बताएका थिए ।

सर्वसाधरण जनताले श्वास्थ्य,पुर्वाधार,बबई गाउपालिका वडा नम्बर १ का समस्याका बारेमा प्रश्न सोधेको थिए । जवाफमा पाण्डेले आफु तुलसीपुरमा मेयर हुदा विभिन्न स्थानमा सडक सञ्जाल पुगेको बताउदै श्वास्थ्यको क्षेत्रमा कोरोना महामारीमा जनताको जिवन रक्षामा उत्कृष्ट कार्य गरेको बताएका थिए ।

यस्तै प्रादेशिक अस्पताल तुलसीपुरमा ब्लड बैंक स्थापना,सुत्केरी स्याहार,डायलासिस सेवा, अस्पतालको प्रशासनिक भवन मेट्रो अस्पताल स्थापना गरेको बताएका थिए । यस्तै, पश्चिम मलई बासिको समस्या बुझ्न त्यहा पुगेको बताउदै राष्टिय निकुञ्जको ऐन संशोधन गरि जनताको जिउधनको रक्षा गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका थिए ।

ककस कार्यक्रममा राष्टिय मान्यता प्राप्त दलहरु मध्ये राष्टिय स्वतन्त्र पार्टिका उम्मेदवार कलम सुवेदी, नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार धन बहादुर मास्की अनुपस्थित रहेका थिए । कार्यक्रमको सहजिकरण जेसीजका अध्यक्ष कमल प्रकाश शर्माले गरेका थिए ।।