काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनपछि पार्टीको नेतृत्वमा सरकार बनेसँगै व्यक्तिगत आयकर प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभामा सभापति थापाले मध्यमवर्गीय नागरिकलाई राहत दिन वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने योजना सुनाए। उनले वर्तमान कर सीमालाई पुनरावलोकन गर्दै सर्वसाधारणको खर्च गर्ने क्षमता बढाउने नीति ल्याउन लागिएको स्पष्ट पारे।
थापाले उच्च दरको करले लगानी र उपभोगमा पर्ने असर कम गर्न अधिकतम ३० प्रतिशतको आयकर घटाएर २५ प्रतिशत गर्ने योजना प्रस्तुत गरे। विदेशी लगानी आकर्षित गर्न नीतिगत सुधार र कर प्रणाली सरलीकरण अनिवार्य रहेको उनले बताए।
उनले करका सबै दरहरू झन्झटमुक्त र लगानीमैत्री बनाउन कांग्रेसको मुख्य आर्थिक एजेन्डा रहेको उल्लेख गर्दै नयाँ आर्थिक मोडल अपनाएर अर्थतन्त्र चलायमान बनाउने योजना रहेको बताए। युवा र उद्यमीहरूलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न र विदेशी लगानी आकर्षित गर्न यी कर सुधार कार्यक्रम महत्वपूर्ण हुने उनको विश्वास छ।











प्रतिक्रिया