एमालेद्वारा २०८२ निर्वाचन घोषणापत्र सार्वजनिक(पूर्णपाठ)


काठमाडौं ।

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा एमालेले विगतमा गरेका काम र आगामी योजनाहरु समेटिएको छ। लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायतका उपलब्धि आफ्नो नेतृत्वमा सम्भव भएको दाबी गरिएको छ। साथै, तत्काल कार्यान्वयन गरिने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको उल्लेख छ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका संरचनाहरु पुनःनिर्माण कार्य समयसीमा तोकेर अघि बढाइने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा यो निर्वाचन देश निर्माण र विघटनबीचको जनमत–संग्रह भएको तथा राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको दाबी गरिएको छ।

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र–

https://drive.google.com/file/d/1szWxN84pt36gzQtC0GIZIxegDmoKOlPL/view?usp=sharing