जुम्लामा जीप दुर्घटना: ७ घाइते, २ को अवस्था गम्भीर — सशस्त्र प्रहरीद्वारा उद्धार


जुम्ला ।

बिहीबार दिउँसो जुम्लामा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्, जसमा २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। दिउँसो करिब १२ः०५ बजे तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनालगत्तै निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरीको सहयोगमा तत्काल उद्धार कार्य गरेको हो। घाइतेहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।