काठमाडौं ।
काठमाडौंमा आयोजित आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै केपी शर्मा ओलीले देश अहिले महत्वपूर्ण दोबाटोमा उभिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहेका उनले देशमा भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व चलिरहेको टिप्पणी गरे।
उनले भने, “आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ।” देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको आरोप लगाउँदै उनले वर्तमान परिस्थिति प्रश्नैप्रश्नको घेरामा रहेको उल्लेख गरे।











प्रतिक्रिया