राष्ट्रपति रनिङ शिल्ड भवानीको कब्जामा


हेटौंडा ।

मकवानपुरको कैलाश गाउँपालिकामा रहेका माध्यमिक विद्यालयस्तरीय सञ्चालन भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड कैलाश–३ मा रहेको भवानी माध्यमिक विद्यालयले जितेको छ । लगातार तीन पटकसम्म सर्वाधिक पदक विजेता भवानीले राष्ट्रपति रनिङ शिल्ड कब्जासमेत ग¥यो ।

प्रतियोगितामा भवानी मावि ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक प्राप्त गर्दै प्रथम भएको हो । ५ स्वर्ण, ५ कास्य र ५ रजत पदक प्राप्त गर्दै कैलाश–१० को रत्नज्योति मावि द्वितीय भएको पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । ४ स्वर्ण ४ कास्य र ५ रजत पदकसँगै कैलाश–९ को कालिका मावि तृतीय भयो ।

छात्रतर्फको भलिबलमा रत्नज्योतिले कमलादेवी माविलाई १९–२५, २५–२३, १५–११ मा पराजित गर्दै विजेता भयो भने तृतीय भवानी भएको थियो । छात्रातर्फ कमलादेवी प्रथम, भवानी द्वितीय र कालिका मावि तृतीय भएका थिए । सय मिटर दौडमा कालिकाका अमित प्रजा प्रथम, भवानीका आमोश प्रजा द्वितीय र रत्नज्योतिका अनक मोक्तान तृतीय भए ।

छात्रातर्फ कमलादेवीकी प्रकृति सुबेदी प्रथम, रत्नज्योतिकी सम्रता स्यांतान द्वितीय र धुवाङ माविकी सलिना मोक्तान तृतीय भए ।

८ सय मिटर दौडमा रत्नज्योतिका अनक मुक्तान प्रथम, भवानीका सुनील चेपाङ द्वितीय र व्यासका सुजित बिष्ट तृतीय भए । छात्रातर्फ भवानीकी बबिता प्रजा प्रथम, रत्नज्योतिकी नवीना दोङ दोस्रो र व्यासका अञ्जली थोकर तृतीय भएका छन् । ४ गुणा एक सय रिले दौडमा रत्नज्योति प्रथम, कालिका द्वितीय र भवानी तृतीय भए । छात्रातर्फ भवानी प्रथम, व्यास द्वितीय र धुवाङ मावि तृतीय भएको छ ।

ट्रिपलजम्पमा रत्नज्योतिका अनक मोक्तान प्रथम, भवानीका अञ्जित थिङ द्वितीय र कालिकाका नेमा थिङ तृतीय भए । छात्रातर्फ भवानीकी समुना मल्ल प्रथम र कालिकाकी शितल बर्तौला द्वितीय भए । सटपुटतर्फ भवानीका अञ्जित थिङ प्रथम, रत्नज्योतिका अदय मुक्तान र कालिकाका महेश थिङ तृतीय भए भने छात्रातर्फ भवानीकी सुस्मिता थिङ प्रथम, रत्नज्योतिकी दीपशिखा प्रजा द्वितीय र कालिकाकी सरिना थिङ तृतीय भए ।