काठमाडौँ ।
बिहीबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहमार्फत राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समारोहमा सहभागी भएका थिए। सेनाले राष्ट्रपति सम्मानमा सलामी अर्पण गरेको थियो।



समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, विदेशी कूटनीतिक नियोगका प्रमुख र अन्य उच्च पदस्थ सरकारी कर्मचारी तथा समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।



राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ।











प्रतिक्रिया