धनगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बुधवार धनगढीमा आयोजना गरेको चुनावीसभाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ । समाचार संलनका लागि सभास्थल पुगेका नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका महासचिव समेत रहनुभएका अन्नपूर्ण पोष्टका सम्वाददाता शिवराज भटट र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नागरिक दैनिकका सम्वाददाता दिलबहादुर छत्याल,विविसि नेपाली सेवाका सम्वाददाता हिक्मत रावल लगायत दर्जनौ पत्रकारहरुलाई सभास्थल प्रवेशमा रोक लगाउँदै आयोजक पार्टी रास्वपाका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।
समाचार संकलनकालागि सभास्थल पुगेका पत्रकारहरुलाई गरेको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले विरोध जनाएको छ । आ आफना संचर माध्यामका परिचयपत्र बोकेर समभास्थल पुगेका पत्रकारहरुलाई रास्वपाको पासविना प्रवेश नदिएपछि माहासंघले आपत्ती जनाएको हो । पत्रकारहरुले आफनो संचार संस्थाको परिचयपत्र देखाएर सभास्थल प्रवेश गर्न खोजेपछि आयोजकहरुले पत्रकारहरुलाई धक्कामुक्का गरेको घटनाप्रति महासंघले निन्दा गरेको छ ।
रास्वपाका कार्यकर्ताले पत्रकारहरुलाई समाचार संकलन गर्न सभास्थलमा लगाएको रोकले नेपालको संविधानको प्रस्तावनामै भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकुल भएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले आसन्न चुनावका हरेक चुनावी कार्यक्रमहरुमा पत्रकारहरुलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातारवरण मिलाउन दलहरुलाई आग्रह गरेको छ ।
बुधवार धनगढीमा भएको चुनावी सभालाई रास्वपाका अध्यक्ष रवी लामिछाने र वरिष्ठ नेता वालेन साहले सम्बोधन गरेका थिए ।











प्रतिक्रिया