काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रजातन्त्र दिवसको अवसरमा आफ्नो सन्देशमा जनताको साहस, त्याग र बलिदानले राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको स्मरण गराउनुभएको छ। उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गरेका अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्नुभयो।
उहाँले तीन महत्वपूर्ण जिम्मेवारीहरू स्मरण गराउनुभयो:
१. राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने।
२. संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने।
३. आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्ने।
केपी ओलीले आजको ऐतिहासिक दिनबाट प्रेरणा लिएर सबैले जागरूकता पूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्र दिवसको हार्दिक शुभकामना पनि दिनुभयो।












प्रतिक्रिया