काठमाडौँ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्नु नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि राष्ट्रियसभा महत्त्वपूर्ण संस्था भएको उल्लेख गरे। राष्ट्रियसभाले नीति निर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास तथा नागरिक अधिकारको संरक्षणमा निरन्तर भूमिका खेल्दै आएको उनले बताए।
विसं २००७ सालको राजनीतिक परिवर्तनका क्रममा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष दाहालले ऐतिहासिक जनआन्दोलन र सङ्घर्षमा योगदान दिने सम्पूर्ण योद्धाहरूप्रति सम्मान प्रकट गरे। उनले फागुन ७ को ऐतिहासिक महत्व स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता र समृद्धिका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।











प्रतिक्रिया