आज फागुन ७ गते देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै


काठमाडौं ।

आज फागुन ७ गते देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानपछि २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ।

यस अवसरमा काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ। समारोहका लागि सुशीला कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुखहरू तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरू सदस्य छन्।

सरकारले आज सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले देशवासीमा शुभकामना व्यक्त गरेका छन्।